ल्होत्से मलमा मोबाइल लुट्ने र प्रहरीको गाडी जलाउने ४० जना पक्राउ

घटनामा संलग्नहरू बसका चालक, सहयोगी र विद्यार्थी

लुटपाट तथा आगजनीमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले बताएको छ। घटनामा संलग्न धेरैजसो व्यक्ति चालक, सहचालक, विद्यार्थी र विभिन्न होटेल तथा रेस्टुराँका कामदार छन्।

नेपालभ्युज

ल्होत्से मलमा मोबाइल लुट्ने र प्रहरीको गाडी जलाउने ४० जना पक्राउ

काठमाडौं। फागुन १ गते नयाँ बसपार्कको ल्होत्से मलमा तोडफोड गरी मोबाइल लुटपाट गर्ने र प्रहरीको गाडी जलाउने ४० जना पक्राउ परेका छन्।

ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गर्नेहरू पक्राउ पर्ने क्रम जारी छ। यातायात मजदुरका नाममा उनीहरूले प्रहरीका दुईवटा भ्यानमा आगो लगाएका थिए।

आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताए। घटनामा संलग्न धेरैजसो व्यक्ति चालक, सहयोगी, विद्यार्थी र विभिन्न होटेल तथा रेस्टुराँका कामदार छन्।

लुटपाटमा संलग्नलाई मुलुकी अपराध संहिता (ऐन), २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्नाका साथै आगजनी तथा तोडफोड गर्नेलाई मुलुकी अपराध संहिता (ऐन) को परिच्छेद २६ को दफा दुई सय ८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved