अनुहारको दाग हटाउन यसरी बनाउनुहोस् बेसन, टमाटर र दहीको फेस प्याक

नेपालभ्युज

अनुहारको दाग हटाउन यसरी बनाउनुहोस् बेसन, टमाटर र दहीको फेस प्याक

एजेन्सी। कतिपय खानेकुरा जति खाँदा फाइदा हुन्छ त्यति नै धेरै छालामा लगाउँदा पनि फाइदाजनक नै हुन्छन् । त्यस्तैमा पर्छन्, बेसन, टमाटर र दही । यी तिनै चीज खाँदा जति फाइदा पुग्छ त्यति नै फाइदा फेस प्याक बनाएर अनुहारमा लगाउँदा पनि पाउन सकिन्छ ।

चम्किलो छालाका लागि फेस प्याक

बेसन, टमाटर र दहीको फेस प्याकले अनुहारमा आउने डन्डीफोर कम हुन्छ । यसका साथै अनुहारको कालोपन र दाग  पनि हट्छ । यदि, तपाईं यो फेस प्याक हप्तामा दुईदेखि तीनपटक प्रयोग गर्नाले दाग धब्बा एकदमै छिटो हट्न थाल्छन् । यसले छालामा चमक आउन सुरु हुन्छ ।

छालामा रुखोपन हटाउनका लागि

यो फेस प्याकले छालाको रुखोपन हटाउने काम गर्छ । साथै, धेरै चिल्लोपन पनि हट्छ । यसले छालाको चिल्लोपनलाई सन्तुलनमा राख्ने गर्दछ । जसले गर्दा न धेरै सुख्खा हुन्छ न धेरै चिल्लो । यदि, तपाईंले रुखो छालाको लागि यो प्याक बनाउनुहुन्छ भने बेसन र टमाटरको तुलनामा दहीको मात्रालाई बढाउनुहोस् । यसले छालाको रुखोपनलाई हटाउँछ र छाला फुट्दैन ।

घामले डढेको कम गर्न सहयोगी

बेसन, टमाटर र दहीको फेस प्याकमा भिटामिन सी जस्तो गुण पाइन्छ । जसले घामले डढेको कम गर्न मद्दत गर्छ । टमाटरमा पाइन गुणले घामले डढेको छालामा राम्रो काम गर्दछ । यदि, तपाईंको छाला धेरै डढेको छ भने यो प्याक बनाउँदा अन्य सामग्रीको तुलनामा टमाटरलाई बढाउन सक्नुहुन्छ ।

बेसन, टमाटर र दहीको फेसप्याक बनाउने तरिका

– यसलाई बनाउनका लागि दुई चम्चा बेसन र साथमा एक चम्चा दही लिनुहोस् ।

– यसका साथ एउटा ठूलो टमाटरको घोल तयार गर्नुहोस् ।

– यी सबै सामग्रीलाई एउटा कचौरामा मिसाउनुहोस् । फेसप्याक तयार भयो ।

– यदि, तपाईंको छाला सुक्खा छ भने दहीको मात्रा बढाउनुहोस् र छाला यदि, घामले डढेको छ भने टमाटरको मात्रा बढाउनुहोस् ।

– यसरी बनाएको फेस प्याकलाई सफा अनुहारमा लगाएर करिब २० मिनेट राख्नुहोस् र पुनः सफा पानीले धुनुहोस् ।

– यसरी तयार भएको फेस प्याकलाई तपाईंले  हप्तामा दुई वा तीनपटक प्रयोग गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved