भारतीय सेनाका ५ पूर्वप्रमुख एकसाथ नेपाल आउँदै

नेपालभ्युज

भारतीय सेनाका ५ पूर्वप्रमुख एकसाथ नेपाल आउँदै

काठमाडौं । भारतीय सेनाका ५ पूर्वप्रमुख एकसाथ नेपाल आउने भएका छन् ।

नेपाली सेनाको स्थापना दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन उनीहरू नेपाल आउन लागेका हुन् ।

नेपाली सेनाको आमन्त्रणमा नेपाल आउन लागेका पूर्वप्रमुखहरूमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, दलवीर सिंह र मनोजमुकुन्द नरवाणे छन् ।

यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रमहरू गर्न लागिएको छ । जसमा भारतका बहालवाला सेनापतिसहित ११ पूर्व सेना प्रमुखहरूलाई नेपाली सेनाले आमन्त्रण गरिसकेको छ ।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved