कांग्रेसको १४ औँ महाधिवेशन एकताका लागि हुनुपर्नेमा पौडेल पक्षको जोड

नेपालभ्युज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षीय नेताहरुले १४ औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्। पार्टीमा रहेका तमाम समस्या समाधानका लागि अबको महाधिवेशन एकता महाधिवेशन हुनुपर्नेमा नेताहरुले जोड दिएका हुन्।

बुधबार राजधानीमा भएको पौडेल पक्षको भेलामा सहभागीहरुले १४ औँ महाधिवेशन नेपाली कांग्रेसको एकताको महाधिवेशन हुनुपर्ने विषयमा आफ्नो मत प्रकट गरेका नेतृ सुजाता कोइरालाले जानकारी दिइन्। उनले पार्टीभित्र देखिएका समस्या समाधान गरेर हरेक नकारात्मक प्रवृतीलाई हटाउँदै संस्कारगत राजनीति गर्नुपर्नेमा जोड दिइन्।

नेता रामशरण महतले भेलामा आफ्नो धारणा राख्दै क्रियाशील सदस्यताका बारेमा भइरहेको विवादलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले अहिले पनि क्रियाशील सदस्यको विवाद ठाउँ-ठाउँमा देखिएको भन्दै छिटो समाधान गर्नुपर्ने र एकताको सन्देश दिनुपर्ने बताए।

नेता महतले निर्वाचनमा साझा उम्मेदवार बनाएर जानुपर्ने तथा कांग्रेस एकताको सन्देश दिने पक्षमा रहेकाले विकृतिलाई हटाउँदै सबै एक भएर जानुपर्ने धारणा राखे। उनले पार्टीको नेतृत्व निर्विरोध हुनुपर्ने र नभए विचार मिल्नेहरु एक हुनुपर्ने आफ्नो मत रहेको जिकिर गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved