कुशलको शतकमा नेपालले नामिबियालाई हरायो

नेपालभ्युज

कुशलको शतकमा नेपालले नामिबियालाई हरायो

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले नामिबियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो।

२८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।

नेपालको लागि कुशल भूर्तेलले ११५ र रोहित कुमार पौडेलले ७२ रन बनाए। तेस्रो विकेटको लागि कुशल भुर्तेल र रोहित कुमार पौडेलले १५६ बलमा १३३ रनको साझेदारी प”रा गरे।

कुशलले ९९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरे। यो उनको पहिलो एकदिवसीय शतक हो। यसअघि, कुशलले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै चौथो अर्धशतक परा गरे।

रोहितले भने ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। यो रोहितको छैँटौँ अर्धशतक हो। यससँगै रोहित एकदिवसीयमा १००० रन प”रा गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन्। २५.५ ओभरमा चौका प्रहार गर्दै रोहितले हजार रन पूरा गरे।

करन केसीले अविजित २० र सोमपाल कामीले अविजित ४ रन जोडे। सन्दीप जोराले २८ र ज्ञानेन्द मल्लले २५ रनको योगदान गरे। ४७.३ ओभरमा सन्दीप लामिछाने भने पहिलो बलमा नै आउट भए।

नामिबियाको लागि रुबेन र जेन निकोलले ३–३ तथा, बर्नाड स्कोल्जले १ विकेट लिए। पहिले ब्याटिङ गरेको नामिबिया ५० ओभरमा अलआलउट हुँदा २८५ रन बनाए। नामिबियाका लागि माइकल भान लिङ्गेनले र गेरहार्ड इरास्मसले ५६ रन जोडे। माइकलले ११८ बलमा ६ चौका र ४ छक्कासहित शतक पूरा गरे।

नेपालको लागि भने करन केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १–१ विकेट लिए।

शुक्रबार नेपालले दोस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved