नेकपा प्रतिस्पर्धा गर्न तयार – महासचिव पोखरेल

नेपालभ्युज

नेकपा प्रतिस्पर्धा गर्न तयार – महासचिव पोखरेल
फाइल तस्वीर

काठमाडौँ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै वा गठबन्धन बनाएर आउने शक्तिसँग प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ५ का पार्टी निकटका जनप्रतिनिधि तथा पालिकाका नेता–कार्यकर्तासँग सोमबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमालेसँग स्पष्ट सोच भएकाले जनताले फेरि पनि एमालेलाई जिताउने विश्वास व्यक्त गरे।

उनले सरकारले अघिल्लो सरकारले अघि सारेका रणनीतिक महत्त्वका सडक आयोजनाहरूको बजेट कटौती गरेर विकास विरोधी चरित्र देखाएको आरोप पनि लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved