काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेपाललाई रनको २८६ लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले पूरै ओभरमा अलआउट हुँदा २ सय ८५ रन बनाएको हो।
नामिबियाको लागि माइकल भान लिङ्गेनले र गेरहार्ड इरास्मसले ५६ रन जोडे। माइकलले ११८ बलमा ६ चौका र ४ छक्कासहित शतक पुरा गरे।
नेपालको लागि भने करन केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामीे र कुशल मल्लले १–१ विकेट लिए।
नेपालको लागि सोमपाल कामीले पहिलो विकेट लिए। दोस्रो ओभरको पाँचौँ बलमा सोमपालले लौरेन्सलाई ५ रनमा आउट गरे।
सन्दीपले नेपालको लागि दोस्रो विकेट लिए। १० ओभरमा बलिङ गरेको सन्दीपले दोस्रो बलमा कार्ल ब्रेकिन्स्टोकलाई आउट गरे।
कुशलले नेपालको लागि तेस्रो विकेट लिए। ३६.१ ओभरमा कुशलले गरेको बलिङलाई सन्दीपले क्याच गर्दा इरास्मस आउट भए।
४४.१ ओभरमा करनले नेपालको लागि पाँचौँ विकेट लिए। ४६.५ ओभरमा करनले छैँटौँ विकेट लिइदैँ शतक बनाउने माइकललाई पभिलियन फर्काए।
४८.१ ओभरमा सन्दीपले सातौँ विकेट लिए। सन्दीपको बलिङमा पिकी या फ्रान्सलाई आउट गर्न ज्ञानेन्द्रले क्याच गरे। ४८.६ ओभरमा सन्दीपले रुबेनलाई आउट गर्दै आठौँ विकेट लिए।
अन्तिम बलमा करनले बनार्डलाई आउट गर्न सफल भए।
Facebook Comment
Comment