राष्ट्रपतिमा सत्तारुढ दलबीच कुनै विमति छैन : मन्त्री लिङदेन

नेपालभ्युज

राष्ट्रपतिमा सत्तारुढ दलबीच कुनै विमति छैन : मन्त्री लिङदेन

काठमाडौं। सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारर्मीहरूसँग कुरा गर्दै उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गरे । उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेका बताए । उनले आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने र अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको बताए।

उनले भने, ‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरूको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे ? भन्ने विषयमा समीक्षाहरू भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ । यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरूमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन । रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ ।’

मन्त्री लिङदेनले सत्ता साझेदार दलहरूबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आए पनि त्यसमा सत्यता नभएको जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved