काठमाडौं। लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार कुमार दसौंदी विजयी विजयी भएका छन् ।
एमाले उम्मेद्वार दसौंदीलाई सत्ता गठबन्धनको समर्थन रहेकाले उनले ४ हजार २६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माधव आचार्यले ३७२० मतभार मात्र प्राप्त गरे ।
लुम्बिनी प्रदेशमा रहेका प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुख गरी ३ सय ५ मतदातामध्ये ३ सय ४ जनाले मतदान गरेका थिए । रुपन्देहीको मर्चाबारी गाउँपालिकाकी उपाध्यक्ष भारतमा रहेकाले उनको मत खसेन ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त सिट रिक्त थियो । यद्यपि, भट्टराईले चुनाव जितेनन् ।
उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधव आचार्य र नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा थिए।
Facebook Comment
Comment