तराईमा हुस्सु, प्रदेश एक र गण्डकीका केहि ठाउँमा हिमपात हुने

नेपालभ्युज

तराईमा हुस्सु,  प्रदेश एक र गण्डकीका केहि ठाउँमा हिमपात हुने
फाइल तस्वीर ।

काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार दिउँसो   प्रदेश एक , बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम सामान्यतया सफा रहनेछ । प्रदेश एक  र  गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती प्रदेश एकको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर एकका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved