सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : चन्द्र प्रसाद ढकाल

नेपालभ्युज

सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन : चन्द्र प्रसाद ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन् ।

मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको टेक्नोलोजी धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको बताएका हुन् ।

वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली इन्जिनियरहरूले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताए । उनले नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरूको कमी नभएको बताए । उनले नेपाली टेक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए ।

ढकालले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए । उनले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved