कर्णाली राजमार्ग अवरुद्ध

कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत। कर्णाली राजमार्ग शुक्रबार साँझबाट अवरुद्ध भएको छ । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेका हुन् ।

ट्रकको ठक्करबाट दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझीको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका छन् ।
शुक्रबार ६ः१५ बजेबाट बन्द भएको कर्णाली राजमार्ग नखुल्दा हजारौँ यात्रु अलपत्र परेको कालीकोट महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । ‘म पनि टुनीबगरको बाटोमा बिहानैदेखि बसेको छु ।’ उनले भने,‘सुर्खेत नेपालगञ्जबाट आएको हजारौं यात्रु भोकै बस्नुपर्ने बाध्यता रहेको छ ।’

ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको आठबिस नगरपालिका प्रमुखतर्क बडूवालले बताए । ‘अहिले प्रशासन, स्थानीय जनप्रतिनीधि र मृतकका परियार बसेर छलफल भइरहेको छ ।’ उनले भने,‘त्यसपछि राजमार्ग खुल्ला ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved