श्रीमतीले श्रीमानको हत्या गरेको पाँच वर्षपछि खुलासा

श्रीमतीले श्रीमानको हत्या गरेको पाँच वर्षपछि खुलासा
सांकेतिक तस्वीर

सुर्खेत। श्रीमतीले श्रीमानको हत्या गरेर शौचालयमा शव गाडेको घटना पाँच वर्षपछि खुलासा भएको छ । जाजरकोटको भेरी नगरपालिका–६ सिस्नेमा विसं. २०७४ पुस ३० गते श्रीमती भद्रकला कामीले आफ्नै श्रीमानको हत्या गरेको घटना पाँच वर्ष खुलासा भएको हो ।

प्रहरी घटना भएको पाँच वर्षपछि श्रीमती भद्रकलाले श्रीमान् श्रीमान् ४७ वर्षीया काले कामीलाई लठ्ठीले हानेर मृत्यु भएपछि शव शौचालयका गाडेको घटना मंगलबार प्रहरी पत्ता लगाएको हो।

भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घरनजिकै शौचालयमा पुरिदिएको प्रहरीले जनाएको छ।

शव शौचालयको खाडलमा पुरेको गोप्य सूचनाका आधारमा मंगलबार जाजरकोट प्रहरीले घटनास्थलमा पुगेको । शव शौचालयमा पुरिएको भेट्टाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताए ।

‘जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटना स्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा काले कामीको शव भेटिएको छ ।’ उनले भने,‘कामीको पूरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कङ्गाल हड्डीहरू फेला परेको छ ।’

प्रहरीले अहिले भद्रकला र उनका छोरा तुल्सीराम विकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान अगाडि बढाइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved