धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पकाउ

धनुषामा प्रहरी हिरासतबाट भागेका ६ मध्ये ३ जना पकाउ

जनकपुरधाम। धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर हिरासतको पर्खाल फोडेर भागेका ६ जनामध्ये तीन जना थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका– २ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् ।

अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदीपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै, हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्रेको थियो।

गत आइतबार राति इलाका प्रहरी कार्याललयको हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना फरार भएका थिए । तीन जना पक्राउ परेको र बाँकी तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको संयुक्त प्रहरी टोलीले सर्च अपरेसन चलाई खोज तलास जारी राखेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved