इराकमा १४ जनालाई मृत्युदण्डको सजाय

नेपालभ्युज

इराकमा १४ जनालाई मृत्युदण्डको सजाय

एजेन्सी।  इराकी अदालतले कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो ।

नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले  १४ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो ।

सन् २०१४ मा इराकको टिक्रिट शहरमा आईएस आतंककारीले कब्जा गर्ने प्रयास गरेका थिए । त्यसक्रममा कम्तीमा पनि एक हजार ७०० जना इराकी सैनिक मारिएका थिए ।

यसरी आमरूपमा मारिएका ती सैनिकको हत्यामा संलग्नताको पुष्टि भएपछि उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो । इराकी शहर टिक्रिटलाई कब्जा गर्ने क्रममा आईएसले सो समयमा यहाँका सैनिकमाथि धावा बोलेका थिए ।

उनीहरूले ड्युटीमा रहेका सैनिकमाथि हमला गरेका थिए । ती भिडियोहरू सो समयमा पनि सार्वजनिक भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved