बार्सिलोनाको खराब लय कायमै, अल्भेससँग बराबरी

नेपालभ्युज

बार्सिलोनाको खराब लय कायमै, अल्भेससँग बराबरी

काठमाडौं । लगातार निराशाजनक प्रदर्शन गर्दै आएको बार्सिलोना गएरातिको खेलमा पनि बराबरीमा रोकिएको छ। घरेलु मैदानमा बार्सिलोनाले अल्भेससँग १-१ को बराबरी खेल्यो।

लालिगामा रियल मड्रिडसँग हारेयताका दुई खेलमा बार्सिलोनाले जित निकाल्न सकेको छैन। गएरातिको खेलमा पहिलो हाफमा गोल गर्न नसकेको बार्सिलोनाले दोस्रो हाफ शुरु भएको केही मिनेटमै गोल गरे पनि त्यसको तीन मिनेटमै गोल खाएको थियो।

बार्सिलोनाका लागि मेम्फिस डिफाएले ४९ मिनेटमा गोल गरेका थिए।

प्रशिक्षक रोनाल्ड कोम्यानको बहिर्गमनपछिको यो पहिलो खेल हो। बार्सिलोनाले टोलीको प्रशिक्षणको जिम्मेवारी अहिले सेर्जी बार्जुआनलाई सुम्पेको छ। बार्सिलोनाले बी टिमका मुख्य प्रशिक्षक रहेका बार्जुआनलाई टोलीको अन्तरिम प्रशिक्षक बनाएको हो।

योसँगै बार्सिलोनाले ११ खेलमा चार वटा बराबरी गरिसकेको छ भने तीन खेलमा हार बेहोरेको छ। उसल‍े चार खेलमा मात्र जित निकालेको छ। जम्मा १६ अंकसहित नवौं स्थानमा छ।

गएराति नै भएको अर्को खेलमा सेभिल्लाले ओसासुनालाई २-० गोल अन्तरले हराएको छ। त्यस्तै हिजो साँझ रियल मड्रिडले इल्चेमाथि कठिन जित निकालेको थियो। रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved