काठमाडाैं। दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
स्वाभिमान लघुवित्तले सेयरधनीलाई २० प्रतिशत बोनस र १ दशमलव ०५ प्रतिशत नगद गरी २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँ छ ।
साथै, सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस र शून्य दशमलव ९४ प्रतिशत नगद गरी १८ दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी रू २७ करोड छ ।
दुवै लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
Facebook Comment
Comment