हेटौँडामा विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी, करौडौंको क्षति

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो।

नेपालभ्युज

हेटौँडामा विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी, करौडौंको क्षति

काठमाडौं। हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा गए राति आगलागीहुँदा करौडौंको सामान जलेर नष्ट भएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गएराति आगलागी भएको हो।

गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो।

गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भएको प्राधिकरणले जनाएको हो। घटनाबारे अनुसन्धान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved