निमको पातका धेरै फाइदा, आउनुहोस् जानौँ

नेपालभ्युज

निमको पातका धेरै फाइदा, आउनुहोस् जानौँ

एजेन्सी । निमको पात धेरै उपयोगी मानिन्छ । निमको पातमा एन्टीफंगस र एन्टीब्याक्टेरियल गुण पाइने गर्दछ ।

यसले कपालको चायाँ हटाउन र टाउकाको छालाको उपचारमा पनि फाइदा पुर्या‍उने गर्दछ । निमको पातलाई पानीमा उमालेर प्रयोग गर्नाले चायाँ ठीक हुने गर्दछ ।

गिँजा सम्बन्धी समस्याको नियन्त्रणका लागि पनि निम फाइदाजनक छ । यसले गिँजा सुन्निने समस्याबाट पनि छुट्कारा दिलाउने गर्दछ । यसका साथै मुखबाट आउने गन्ध पनि हटाउने गर्दछ ।

निम मधुमेहको रोगीका लागि धेरै नै फाइदाजनक मानिन्छ । यसले मधुमेहलाई नियन्त्रण गर्दछ । निमको पात खानाले मधुमेहका रोगीका लागि धेरै नै फाइदा मिल्ने गर्दछ ।

खाली पेटमा निमको पात चपाउनाले पेटको कीरा मर्ने गर्दछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved