प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो

नेपालभ्युज

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोलले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा युनाइटेड हार्न बाध्य भयो ।

खेलको १७औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेलको ५३औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

खेलको ५९औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा आर्सनलका एनकेटीले दोस्रो गोल गर्दै ३–२ को जित दिलाए ।

जितसँगै आर्सनल१९ खेलमा ५० अङ्कका साथ शीर्ष स्थानमाा कायमै छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलमा ४५ अङ्क छ । म्यानचेस्टर युनाइटेड भने २० खेलमा ३९ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved