उपसभामुख रानाले दिइन् रास्वपाबाट राजीनामा

नेपालभ्युज

उपसभामुख रानाले दिइन् रास्वपाबाट राजीनामा
फाइल फोटो

काठमाडौं । उपसभामुख इन्दिरा रानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएकी छन् ।

उपसभामुख रानाले आइतबार एक विज्ञप्ति जारी गर्दै आफूले पार्टीको सबै गतिविधिबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।

प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएको र आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन त्यस पदमा रहिञ्जेल आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको विज्ञप्तिमा उल्लेख छ ।

उनी शनिबार प्रतिनिधि सभाबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved