काठमाडौं। अभिनेता अनमोल केसीले छाडेपछि फिल्म ‘एक्स नाइन’ मा निर्माताले अभिनेता प्रदीप खड्कालाई प्रस्ताव गरेका छन् । निकट स्रोतका अनुसार अनमोलले छाडेको भोलिपल्टै निर्माताले प्रदीपलाई उक्त रोलमा प्रस्ताव गरेका थिए ।
तर, फिल्म खेल्न प्रदीपले सर्त राखेका छन्, त्यो हो यसअघि घोषणा भएअनुसार बलिउड अभिनेता सुनील सेट्टी पनि फिल्ममा हुनुपर्ने । यदि सुनिल पनि फिल्ममा भए प्रदीपले फिल्म ‘एक्स नाइन’ मा काम गर्ने संकेत देखाएका छन् ।
एक्स–नाइनमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायत पनि अनुबन्धित भइसकेका छन् । गोल्डेन हिल्स पिक्चरको ब्यानरमा बन्न लागेको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्ने तयारी छ ।
समयमै फिल्म छायांकन सुरु नभएको भन्दै अनमोल केसी फिल्म ‘एक्स नाइन’बाट बाहिरिए । उनले लिएको पेश्की रकम पनि निर्मातालाई फिर्ता गरिसकेका छन् ।
Facebook Comment
Comment