मोदी कांग्रेसका कारण थप शक्तिशाली हुँदैछन् : ममत बनर्जी

नेपालभ्युज

मोदी कांग्रेसका कारण थप शक्तिशाली हुँदैछन् : ममत बनर्जी

एजेन्सी। तृणमूल कंग्रेसकी संस्थापक तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय कांग्रेस पार्टीको कारण प्रधानमन्त्री नरेन्द्र मोदी थप शक्तिशाली हुँदै गएको बताएकी छन्।

गोवा भ्रमणको अन्तिम दिन उनले कांग्रेसले राजनीतिलाई गम्भीरतापूर्वक नलिएकाले मोदी शक्तिशाली हुँदै गएको बताइन्।

उनले भनिन्, ‘‘कांग्रेसले राजनीतिलाई गम्भीरतापूर्वक लिएन, कांग्रेसकै कारण मोदी अझ शक्तिशाली हुन लागेका छन्।’’ कांग्रेसले आफूले पाएको मौका पनि गुमाएको उनको भनाइ थियो। उनले भाजपासँग प्रतिस्पर्धा गर्न छाडेर आफूसँग प्रतिस्पर्धा गरिरहेको भन्दै कांग्रेसको आलोचना गरिन्।

उनले राम्रा दिन ल्याउने बाचा सर्वसाधारणलाई गरेको भाजपा देश बर्बाद गर्न लागिपरेको भन्दै आलोचना गरिन्। भाजपालाई सत्ताबाट हटाएर छाड्ने दाबी उनको थियो।

गोवामा अर्को वर्ष विधानसभा चुनाव हुँदैछ। यसअघि गोवाको एक कार्यक्रममा बनर्जीले भाजपालाई सत्ताबाट हटाउने बताएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved