लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

नेपालभ्युज

लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने, टावरको सिभिल काम सम्पन्न

काठमाडौं। रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पा जिल्लाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन पेस गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार टावरहरूको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सञ्चालनमा आउने बताए।

‘केबलकार टावरहरूको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ। टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु’ उनले भने।

उनले केबलकारको सम्पूर्ण गोण्डोलालगायतका उपकरणहरूको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भई ९ वटा टावर मध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए।

‘त्यस्तै टप स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरूको जडान कार्य अगाडी बढिरहेको छ’ उनले भने।

साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरूको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए। यो केवलकार परियोजनाको निर्माण कार्य २०७८ साल पौष महिनामा सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved