दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई हरायो

नेपालभ्युज

दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई हरायो

काठमाडौं । न्युजिल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ । कराँचीमा भएको खेलमा घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको हो ।

न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका कप्तान बाबर आजामले ७९ तथा मोहम्मद रिजवानले २८ रन बनाए । न्युजिल्यान्डका टिम साउथी र ईश सोधीले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ६१ रन बनाएको थियो । न्युजिल्यान्डका लागि देवन कनवेले १ सय १ र कप्तान केन विलियम्सनले ८५ रन बनाए । पाकिस्तानका मोहम्मद नवाजले ४ र नसीम शाहले ३ विकेट लिए । जितसँगै तीन खेलको शृङ्खला एक/एकको बराबरी भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved