प्रहरीलाई ज्युँदै जलाइयो

प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताएका छन्

नेपालभ्युज

प्रहरीलाई ज्युँदै जलाइयो
सांकेतिक तस्वीर।

एजेन्सी । पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ ।

पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा ४७ जना मारिएका छन् ।

एक जना सहकर्मीका साथ गस्तीमा रहेका २९ वर्षीय जोसे लुइस सोनको क्विस्पेलाई बोलिभिया र टिटिकाका तालको सिमानामा रहेको सहर जुलियाकामा भीडले आक्रमण गरेर गाडीमा आगो लगाएको थियो ।

करिब तीन सय ५० जना आक्रमणकारीले आक्रमण गरेका सोनका सहकर्मी रोनाल्ड विलासान्टे टोकले बताएका छन् । गम्भीर घाइते भएका उनले आफ्ना साथीको अवस्थाबारे आफूलाई जानकारी नभएको बताए । लिमास्थित अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रधानमन्त्री अल्बर्टो ओटारोलाले सोनकोको मृत्युको पुष्टि गर्दै सरकार विरोधी प्रदर्शनकारीले उनीमाथि आक्रमण गरेका बताएका छन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved