काठमाडौं। जितु नेपालको हास्यव्यंग्य टक शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ संस्करण फेरि आउने भएको छ। यसपटक अध्यक्षसहितका नयाँ कलाकार हेरफेर गर्दै ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ संस्करण आउने भएको हो ।
दमन रुपाखेतीसहितका कलाकारले यो संस्करणमा प्रवेश गर्दैछन् भने अध्यक्षको रूपमा पनि नयाँ अनुहारलाई देखिने भएको छ ।
यसपटक करिश्मा मानन्धर र दीपाश्री निरौला अध्यक्षमा दोहोरिनेछैनन् । निकट स्रोतका अनुसार दमनसहित श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ यो कार्यक्रममा देखिनेछन् ।
अघिल्लो संस्करणको चर्चित पात्र फुलन्देको आमाको ठाउँमा यसपटक जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदैछ जसलाई श्याम रानाले निर्वाह गर्नेछन् ।
यसैगरी, मुन्द्रेको कमेडी क्लबको निर्देशन दिनेश डीसीले गर्ने भएका छन्।
Facebook Comment
Comment