शुक्रबारदेखि विद्युत् सेवा ठप्प भएपछि…

नेपालभ्युज

शुक्रबारदेखि विद्युत् सेवा ठप्प भएपछि…
सांकेतिक तस्वीर

सोलु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् ।

विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् ।

शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । १५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी आएका कारण सेवा अवरुद्ध भएको सञ्चालक आङ पुला शेर्पाले बताए ।

मेसिन मर्मतका लागि काठमाडौं पठाउनुपर्ने भएकाले सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने शेर्पाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved