जेलभित्रै वरिष्ठ मनोविद्को परामर्शमा सन्दीप लामिछाने

मानसिक रूपमा केही कमजोर बनेपछि उनले सोमबारदेखि परामर्श सुरु गरेका सुन्धारास्थित केन्द्रीय कारागार प्रशासनले जनाएको छ। बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएका कारागार प्रशासनको भनाइ छ।

नेपालभ्युज

जेलभित्रै वरिष्ठ मनोविद्को परामर्शमा सन्दीप लामिछाने

काठमाडौं। नाबालिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले वरिष्ठ मनोविद्सँग परामर्श सुरु गरेका छन्।

मानसिकरूपमा केही कमजोर बनेपछि उनले सोमबारदेखि परामर्श सुरु गरेका सुन्धारास्थित केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिकरूपमा निकै शिथिल र कमजोर देखिएका कारागार प्रशासनको भनाइ छ।

उनलाई आवश्यक परामर्श समय मिलाएर दुई-तीन दिनमा एकपटक परामर्श दिइने छ।

एक अधिकारीले भने, ‘‘वरिष्ठ मनोविद् शुष्मा रेग्मीले सुन्धारास्थित केन्द्रीय कारागारमा आएर सन्दीपलाई आवश्यक परामर्श दिनुभएको छ। जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।’’

सन्दीप लामिछाने : खेलदेखि जेलसम्मको यात्रा

मानसिकरूपमा कमजोर देखिएपछि मानसिक परामर्शमा राखेका सन्दीपका कानुनी सहयोगी सरोजकृष्ण घिमिरेले बताए।

नाबालिग बलात्कार अभियोग लागेका लामिछाने पुर्पक्षकाे लागि जेलमा छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो।

सन्दीप लामिछाने प्रकरण- पीडित किशोरीले अदालतमा दिइन् यस्तो बकपत्र

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ गते प्रहरीमा जाहेरी परेको थियो  त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछानेविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहीबाट अमेरिका गएका उनी असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved