सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रालय बाँडफाँटका विषय मूख्य एजेन्डा

नेपालभ्युज

सत्ता साझेदार दलहरूको बैठक बस्दै, मन्त्रालय बाँडफाँटका विषय मूख्य एजेन्डा
फाइल तश्वीर

काठमाडौं ।  सत्ता साझेदार ७ वटा दलका शीर्ष नेताहरुको बैठक आज विहीबार बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरमा बस्ने तयारी छ । बैठकको मूख्य एजेन्डा मन्त्रालय बाँडफाँट रहेको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा राप्रपा, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागि गराउने विषयमा समेत छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved