कर्णालीमा एमालेबाट कँडेल र माओवादी केन्द्रका शर्मा संसदीय दलको नेतामा चयन

कर्णालीमा एमालेबाट कँडेल र माओवादी केन्द्रका शर्मा संसदीय दलको नेतामा चयन

सुर्खेत। कर्णालीमा एमालेको संसदीय दलको नेतामा यामलाल कँडेल र माओवादी केन्द्रको संसदीय दलको नेता राजकुमार शर्मा चयन भएका छन् । दुवै दलको बुधबार बसेको बैठकले कँडेल र शर्मा चयन भएका हुन् ।

एमालेमा विनोदकुमार शाहले संसदीय दलको नेता हुने आंकाक्षा राखे पनि अन्तिममा कँडेल सर्वसम्मत चयन भएका हुन् । माओवादी केन्द्रमा विन्दमान विष्टले पनि आंकाक्षा राखेका थिए । तर उनी पछि हटेका थिए ।

कर्णालीमा माओवादी केन्द्र र एमाले दुवैले मुख्यमन्त्री दाबी गरेका छन् । कर्णाली प्रदेशसभा एमाले १० र माओवादी केन्द्रका १३ जना सांसद छन् ।

संसदीय दलको नेतामा चयन भएपछि एमालेका नेता कँडेल कर्णालीमा एमाले ठूलो पार्टी भएका कारणले मुख्यमन्त्रीको दाबी एमालेको नै रहेको बताए । ‘हामीले मुख्यमन्त्रीको दाबी गरेको छौं ।’ उनले भने,‘जनमतका आधारमा एमाले सबैभन्दा ठूलो दल हो ।’

माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएको छ । माओवादी केन्द्रले यसअघि नै मुख्यमन्त्री दाबी राखेको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

‘कर्णालीको मुख्यमन्त्री माओवादीको दाबी यसअघि नै अध्यक्ष कमरेड प्रचण्डलाई बुझाएका छौं ।’ उनले भनिन्, ‘मुख्यमन्त्रीमा हाम्रो दाबी स्वाभाविकरूपमा रहन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved