बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा नेपालको लागि सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

नेपालभ्युज

बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले उकालो लागेको छ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ तोकिएको छ। हिजो सोमबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा नेपालको लागि सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved