काठमाडौं। अमेरिकाले अनुदानमा दिएको थप १ लाख डोज खोप नेपाल आइपुग्ने भएको छ। गाभीको कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको १ लाख ६२० डोज खोप कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।
फाइजर खोप विशेषगरी १२ देखि १८ वर्षसम्मका बालबालिकालाई लगाइन्छ। यद्यपि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै नेपाल आउन लागेको फाइजर खोप दीर्घ रोगीलाई दिने बताएको छ।
यसअघि अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप नेपाल आएकोमा फाइजर खोप पहिलोपटक नेपाल आएको हो।
अमेरिकाले यसअघि १५ लाख डोज जोनसन एण्ड जोनसन खोप नेपाललाई अनुदानमा दिएको थियो ।
शुरुमा यो खोप बालबालिकालाई लगाउने भनिएपनि अहिले दीर्घरोगीहरूलाई लगाउने योजना रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताएका छन्।
‘‘यो खोप लामो समयदेखि औषधि सेवन गरिहेका, मुटु र चिनीरोग जस्ता दीर्घरोगीलाई लगाइने योजना रहेको छ,” उनले भने।
Facebook Comment
Comment