चोलेन्द्रले सर्वोच्च छिर्न पाउने सम्भावना कम,  बार एसोसिएसन धर्नामा,  प्रहरी अलर्ट

शुक्रबार पनि नेपाल बार एसोसिएसनले जबरालाई प्रवेश नदिन धर्ना दिँदैछ । सर्वोच्च प्रशासनले पनि आफ्नो आदेशविना राणालाई सर्वोच्चमा प्रवेश नदिन प्रहरीलाई निर्देशन दिइसकेको छ । यी सबै दृष्य हेर्दा निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश सजिलो छैन

नेपालभ्युज

चोलेन्द्रले सर्वोच्च छिर्न पाउने सम्भावना कम,  बार एसोसिएसन धर्नामा,  प्रहरी अलर्ट

काठमाडौं।  महाभियोग प्रस्तावको कारण निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निलम्बनलाई संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले निष्क्रिय बनाइदिएपछि अवस्था अन्योलग्रस्त छ । संसद सचिवालयको पत्र पाएपछि निलम्बित प्रधानन्यायाधीश राणा बुधबार नै सर्वोच्च जान खोजेका थिए । तर नेपाल बार एसोसिएसनका पदाधिकारीको धर्ना र सर्वोच्च प्रशासनको अबरोध हुने देखेपछि उनि अदालत गएनन् ।

बुधबार नै सर्वोच्चले संसद सचिवालयलाई पत्र लेखेर चोलेन्द्रशमशेर राणाको महाअभियोग निष्क्रिय हुनुका कारण के के हुन भनेर जवाफ मागेको छ । सर्वोच्चको जवाफ संसद सचिवालयले दिएको छैन । यस्तै निलम्बन निष्क्रय बनाउने पत्र बदरको मागसहित सर्वोच्चमा रिट परेको छ । रिटमाथिको प्रारम्भिक सुनुवाई पनि शुक्रबार नै हुँदैछ ।

यस्तै, शुक्रबार पनि नेपाल बार एसोसिएसनले जबरालाई प्रवेश नदिन धर्ना दिँदैछ । सर्वोच्च प्रशासनले पनि आफ्नो आदेशविना राणालाई सर्वोच्चमा प्रवेश नदिन प्रहरीलाई निर्देशन दिइसकेको छ । यी सबै दृष्य हेर्दा निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्चमा प्रवेश सजिलो छैन ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद् सचिवालयका महासचिव गौतमले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी असंवैधानिक रूपमा पत्र लेखेकाले त्यसका आधारमा जबरालाई सर्वोच्च अदालत छिर्न नदिइने बताए । जबराविरुद्धको महाभियोगलाई सार्वभौम संसद्ले छिनोफानो नगर्दै एक जना कर्मचारीले निष्क्रिय पार्न नसक्ने भएकाले फेरि आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ ।

जबराले ६५ वर्षे उमेर हदका कारण आगामी मंसिर २७ मा अनिवार्य अवकाश पाउँदै छन् ।  तर अवकासअघि नै सर्वोच्चमा हाजिर भएर उनले आफूलाई चोख्याउने प्रयास गरेको आरोप लाग्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved