योगेश भट्टराई अस्पताल भर्ना

योगेश भट्टराई अस्पताल भर्ना
योगेश भट्टराई, सचिव, नेकपा एमाले

काठमाडौं। नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन्। सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि आज उनको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो।

भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम गर्नुपर्ने सल्लाह दिएका छन्।

“उच्च ज्वरोका कारण आज उपचारका लागि वीर अस्पतामा भर्ना गरिएको छ”, एमाले सचिव भट्टराईका स्वीकीय सचिव गुरागाईंले भने, “उपचार भइरहेको छ, चिकित्सकले एकहप्तासम्म पूर्ण रूपमा आराम गर्न भन्नुभएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved