भर्जिनिया। अमेरिकाको भर्जिनियामा तीन जना फुटबल खेलाडीको गोली हानेर हत्या भएको छ । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या भएको बीबीसीले जनाएको छ ।
आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् । क्याम्पसको पार्किङ ग्यारेजमा बस रोकिएपछि उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । एक संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आफ्नो अनुसन्धान जारी राखेकाले आक्रमणको कुनै सम्भावित कारण थाहा नभएको जनाएको छ।
मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।
यो विश्वविद्यालय देशको सबैभन्दा प्रतिष्ठित मध्ये एक मानिन्छ र संयुक्त राज्य अमेरिकाका सार्वजनिक विश्वविद्यालयहरूमा तेस्रो स्थानमा छ।
Facebook Comment
Comment