पोग्वा र कान्टे बाहिर राखेर फ्रान्सको विश्वकप टोली घोषणा

नेपालभ्युज

पोग्वा र कान्टे बाहिर राखेर फ्रान्सको विश्वकप टोली घोषणा

काठमाडौं। साबिक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ।

प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोलीको घोषणा गरेका हुन्। दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन्।

चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ। समूह डी मा रहेको फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्नेछ। समूहमा डनमार्क र ट्युनिसिया रहेका छन्।

यस्तो छ फ्रान्सको टोली :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा
रक्षक : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान

मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु
स्ट्राइकर : करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved