सेनालाई चिनियाँ राष्ट्रपति सीको निर्देशन- ‘युद्ध’का लागि तयार रहनुस्

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्ध’का लागि तयार रहन निर्देशन दिएका छन् । चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

नेपालभ्युज

सेनालाई चिनियाँ राष्ट्रपति सीको निर्देशन- ‘युद्ध’का लागि तयार रहनुस्
फाइल तश्वीर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सेनालाई ‘युद्ध’का लागि तयार रहन निर्देशन दिएका छन् । चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको उल्लेख गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । एसिएन न्यूज इन्टरनेशनलले राष्ट्रपति सीलाई उद्धृत गर्दै लेखेको छ, ‘बढ्दो अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । त्यसका लागि तयार रहनुस् ।’

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसँगै केन्द्रीय सैन्य आयोगका प्रमखसमेत हुन् । यसो हुँदा उनी तीन शक्तिशाली पदमा छन् । भर्खरै मात्रै उनी तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved