दमास्कसमा बम विस्फोट, १३ जनाको निधन

नेपालभ्युज

दमास्कसमा बम विस्फोट, १३ जनाको निधन

एजेन्सी । सिरियाको राजाधानी दमासकसमा सैनिकहरू चढेका एक बसलाई लक्ष्य गरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ।

बम विस्फोट यो वर्ष कै खतरनाकपूर्ण आक्रमणको घटना भएको बताइएको छ। राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग गरी आतंककारीहरूले सैनिक बसलाई लक्ष्यगरी बम विष्फोट गरेका थिए। विस्फोटमा परी परी कम्तीमा १३ व्यक्तिको मृत्यु हनुको साथै अन्य तीन जना घाइते भएका जनाएको छ।

दमास्कसमा हालैका वर्षहरूमा हिंत्सात्मक गतिविधिमा कमी आएको थियो। इस्लामिक स्टेट्स (आईएस) जिहादी समूहले २०१७ को मार्चमा जस्टिस प्यालेस लक्षित बम विस्फोट गराएपछि कम्तीमा ३० जना मारिएका घटनापछि राजधानीमा भएको यो सबैभन्दा घातक आक्रमण हो। यस बम आक्रमणको हाल कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। विगतमा भने यस्ता हमलाहरूको आईएस जिहादी समूहले जिम्मेवारी लिने गरेका थिए।

दशकौं पुरानो युद्ध सकिएको र पुनर्निर्माण प्रयासलगायत लगानी परियोजनाहरू शुरु गर्न स्थिरताको प्रत्याभूति गरेको सरकारलाई पछिल्लो बम विष्फोटले चुनौती थपेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved