जाल्पा लघुवित्तले ७३ प्रतिशत बोनस सेयर दिने

नेपालभ्युज

जाल्पा लघुवित्तले ७३ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। जाल्पा लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको ९१औं बोर्ड बैठकले ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीका अनुसार कायम चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ ।

यस्तै, चुक्ता पुँजीको ३.८४ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको छ । यो नगद लाभांश कर प्रयोजनका लागि दिन लागेको बताइएको छ ।

कम्पनीको बोर्ड बैठकले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved