काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेसले लुम्बिनीलाई ९२ रनले पराजित गरेको हो ।
२६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा १६७ रनमा अलआउट भयो । लुम्बिनीको लागि विशाल विक्रम केसीले ३४ रन र कृष्ण कार्कीले ३१ को योगदान गरे । मधेसको लागि प्रदीप पासवानले ३, राजेश यादव र हरिशंकार शाहले २–२ तथम रूपेश सिंहले १ विकेट लिए ।
पहिले ब्याटिङ गरेको मधेसले ४८ ओभर ४ बलमा अल आउट हुँदा २५९ रन बनायो । मधेसका लागि हरिशंकर शाह, अनिल साह र सन्तोष कार्कीले अर्धशतकीय इनिङ्स खेले । उसको लागि हरिशंकरले ९० बलमा १३ चौका र १ छक्का प्रहार गर्दै ७२ रन बनाए । साथै, अनिल र सन्तोषले समान ५०–५० रन बनाए ।
अनिलले ४९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक पूरा गरे । सन्तोषले भने ६० बलमा ५ चौका र ३ छक्का हान्दै ५० रनको योगदान गरे ।
हरिशंकरले ५६ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । सन्तोषले ५९ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक बनाए ।
लुम्बिनीका लागि कृष्णले ३ र अनिल खरेलले २ विकेट लिए । मोहम्मद हुसेन, बसिर अहमद, र देवल खनालले १–१ विकेट लिए ।
Facebook Comment
Comment