फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘असक्षम’ भन्दै ‘क्लिन चिट’

नेपालभ्युज

 फिनल्यान्डकी प्रधानमन्त्रीलाई ‘असक्षम’ भन्दै ‘क्लिन चिट’

काठमाडौं।  फिनल्यान्डकी प्रधानमन्त्री ३६ वर्षीया सन्ना मरिन आफ्ना साथीहरूसँग उन्मुक्त नाचेको भिडियो सार्वजनिक भएपछि गरिएको एक अनुसन्धानले उनलाई ‘क्लिन चिट’ दिएको छ । प्रधानमन्त्री मरिन पार्टीको समय ‘कर्तव्य गर्न पुरा गर्न सक्ने स्थितिमा नरहेको भन्ने’ उजुरीका बीच उनीमाथि अनुसन्धान गरिएको थियो ।

सन् २०१९ मा विश्वकी सबैभन्दा कान्छी सरकार प्रमुख बनेर विश्वभर चर्चा कमाएकी मरिनको पार्टीको भिडियो बाहिरिएपछि उनी विवादमा तानिएकी थिइन् । मन्त्रीहरूको काम कारबाहीको निरीक्षण गर्ने स्वतन्त्र कार्यायल चान्सलर अफ जस्टिसले पार्टीको समय सन्ना मरिनले उनको जिम्मेवारीलाई बेवास्ता नगरेको निष्कर्ष निकालेको छ ।

‘प्रधानमन्त्रीको हर्कतमा कुनै गैरकानुनी आचरण वा जिम्मेवारीबाट विमुख भएको शंका गर्ने ठाउँ छैन,’ चान्सलर अफ जस्टिसका प्रमुख टुमास पोइस्टीले आफ्नो निर्णयमा लेखेका छन् ।

चान्सलर अफ जस्टिसमा मुख्यत: ‘मरिनले पार्टीमा देखाएको हर्कत एक प्रधानमन्त्रीको लागि अनुपयुक्त रहेको र उनले फिनल्यान्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई धक्का दिएको’ भन्ने उजुरी दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved