दिल्लीमा वायु प्रदूषणका कारण विद्यालय बन्द

नेपालभ्युज

दिल्लीमा वायु प्रदूषणका कारण विद्यालय बन्द

काठमाडौं । वायु प्रदूषणका कारण भारतको राजधानी दिल्लीका सबै प्राथमिक विद्यालय शनिबार बन्द हुने भएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज यस्तो जानकारी दिएका हुन् ।

दिल्लीमा प्रदूषणको स्तर हानिकारकको तहमा पुगेको छ । भारतको सर्वोच्च अदालतले दिल्लीमा बढिरहेको प्रदूषणका बारेमा हस्तक्षेप गर्ने भएको छ । अदालतले आगामी १० नोभेम्वरमा यसबारे सुनुवाइ गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कानुन व्यवसायीले यसबारे कडा कदम उठाउन भन्दै सर्वोच्च अदालत गुहारेका थिए । प्रदूषण अत्यधिक भएपछि भारतका विभिन्न शहरको जनजीवन प्रभावित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved