इस्टर्न हाइड्रोपावरको सेयर बाँडफाँट, कति आवेदकको हात खाली ?

नेपालभ्युज

इस्टर्न हाइड्रोपावरको सेयर बाँडफाँट, कति आवेदकको हात खाली ?

काठमाडौं।  इस्टर्न हाइड्रोपावर लिमिटेडले आज साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीको सेयर निष्कासक तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये सर्वसाधारणका लागि ६ लाख २३ हजार २८९ कित्ता छुट्याइएको थियो ।

यस्तै, कर्मचारीका लागि १३ हजार ४०६ कित्ता र सामूहिक लगानी कोषका लागि ३३ हजार ५१५ कित्ता सेयर छुट्याइएको थियो । आईपीओमा १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएका थिए । उनीहरूले कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता सेयर माग गरेका थिए ।

कुल आवेदकमध्ये १ हजार ९९६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । आवेदक स्वीकृत भएका कुल १३ लाख ५६ हजार २२४ जना आवेकदक मध्येबाट गोलाप्रथाबाट ६२ हजार ५१९ जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले सेयर पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved