प्रधानमन्त्री कप : देवको अर्धशतकमा नेपाल पुलिसलाई १८९ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : देवको अर्धशतकमा नेपाल पुलिसलाई १८९ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अहिले लुम्बिनी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले नेपाल पुलिस क्लबलाई १८९ रनको लक्ष्य दिएको हो।

टस जितेर ब्याटिङ रोजेको लुम्बिनी ४४ ओभर २ बलमा प्याक हुँदा १८८ रन बनायो । उसको लागि देव खनालले ७४ र विशाल विक्रम केसीले ३० रन बनाए ।

लुम्बिनीलाई प्याक गर्न नेपाल पुलिस क्लबका लागि भने दीपेन्द्र सिंह ऐरीले ४ र करण केसीले २ विकेट लिए । लुम्बिनी लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाल पुलिस भने लगातार तेस्रो जितको खोजीमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved