इजरायलमा नेतान्याहु छैटौंपटक प्रधानमन्त्री बन्दै

बहुमत पाएसँगै ७३ वर्षका नेता बेन्जामिन नेतान्याहु छैठौंपटक प्रधानमन्त्री बन्नेछन् । नेतान्याहु इजरायलको ७४ वर्षे इतिहासमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि बन्नेछन् ।

नेपालभ्युज

इजरायलमा नेतान्याहु छैटौंपटक प्रधानमन्त्री बन्दै

इजरायल । इजरायलमा बेन्जामिन नेतान्याहु पुन: प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । संसदीय निर्वाचनको प्रारम्भिक परिणामअनुसार नेतान्याहुको लिकुड पार्टीले बहुमत हासिल गरेको छ ।

परिणामको औपचारिक घोषणा हुन बाँकि रहेको छ । बहुमत पाएसँगै ७३ वर्षका नेता बेन्जामिन नेतान्याहु छैटौंपटक प्रधानमन्त्री बन्नेछन् । नेतान्याहु इजरायलको ७४ वर्षे इतिहासमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बन्ने व्यक्ति पनि बन्नेछन् ।

२०२१ को जुन महिनामा बेन्जामिन नेतान्याहुले १२ वर्षपछि  प्रधानमन्त्रीको कुर्सी छाड्दा धेरै विज्ञहरूले यो उनको युगको अन्त्य र नयाँ युगको सुरुवात भएको बताएका थिए । तर नेतान्याहुले आफू फेरी फर्केर आउने वाचा गरेका थिए ।  अहिलेसम्मको चुनावी नतिजाले उनको बिदाइ छोटो समयका लागि भएको र विदाई भएको १६ महिनापछी उनी शानदार जितका साथ फिर्ता हुँदैछन् भन्ने देखाएको छ।

७३ वर्षीय लिकुड पार्टीका प्रमुखले आफ्ना वाम प्रतिद्वन्द्वी यार लापिडलाई पराजित गरेका छन् ।नेतान्याहुको सफलताको पछाडि उनको छविले ठूलो योगदान गरेको छ । उनकै योजनाका कारण इजरायलले आफूलाई मध्य पूर्वका खतरनाक शक्तिहरूबाट सुरक्षित राखेको बुझिन्छ ।

उनी प्यालेस्टाइनको बारेमा धेरै कडा छन् र शान्ति वार्तामा कडा सुरक्षालाई प्राथमिकता दिएका छन्। उनले लामो समयदेखि इरानबाट हुने खतराबारे समेत चेतावनी र आवश्यक चुनौती दिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved