प्रधानमन्त्री कप : गण्डकीको लगातार दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप : गण्डकीको लगातार दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकीले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गरेको हो ।

टस जितेर कर्णालीले फिल्डिङ रोजेसँगै गण्डकी प्रदेश ब्याटिङमा उत्रियो । गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनायो ।गण्डकीको लागि अभिषेक बस्नेतले ५१ रन र अर्जुन कुमालले ४९ रन बनाए ।

अभिषेकले ४२ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।कर्णालीका लागि अनुज चनाराले ४ र प्रकाश जैशीले ३ विकेट लिए ।

२०९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा प्याक हुँदा मात्र १७६ रन बनाउन सफल भयो । कर्णालीका लागि हिमांशु शाहीले ६९ रन र रविन्द्र शाहीले ४२ रन बनाए ।

हिमांशु शाहीले १०५ बलमा ५ चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । गण्डकीका लागि सुवास भण्डारी र चन्द्रा पौडेलले ३–३ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved