प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

काठमाण्डौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनीले विजयी सुरुवात गरेको छ । मूलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा लुम्बिनीले बागमतीलाई ८ विकेटले पराजित गरेको हो । यो बागमतीको लगातार तेस्रो हार हो ।

लुम्बिनीले १५५ रनको लक्ष्य ३५ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । उसको लागि देव खनालले अविजित ७७ र सन्दीप रजाली अविजित २९ रन बनाए । देवले ९७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे । बागमतीका लागि रिजन ढकाल र प्रतिस जिसीले १–१ विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको बागमती ३८ ओभर १ बलमा प्याक हुँदा १५४ बनायो । बागमतीका लागि ज्ञानेन्द्र मल्लले ३३ र दुर्गेश थापाले ३२ रन बनाए । लुम्बिनीका लागि भने अनिल खरेलले ४ विकेट लिए । विशाल विक्रम केसी र अभिषेक गौतमले २–२ तथा कृष्ण कार्की र मोहम्मदले १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved