भारतका कोहली बने टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

नेपालभ्युज

भारतका कोहली बने टी-२० विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी

काठमाडौं। भारतका विराट कोहली टी–२० विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले विश्वकप रनमा सर्वाधिक १०६५ रन बनाउँदै श्रीलंकाका माहेला जयवर्द्धनेलाई उछिनेका हुन् ।

जयवर्दनेले विश्वकपमा १०१६ रन बनाएका थिए । बुधबार बंगलादेशविरुद्धको खेलमा कोहलीले त्यसलाई तोडेर सर्वाधिक रनको कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । सन् २०१४ सम्म जयवर्दनेले उक्त रन बनाएका थिए ।

कोहलीले बङ्गलादेशविरुद्धको खेलको १३औँ बलमा उक्त रन पार गरे । पाँचौँ पटक विश्वकपमा खेलिरहेका कोहलीले बंगलादेशविरुद्ध अर्धसतक बनाएका छन् ।

सन् २०१२ मा कोहलीले खेलेको विश्वकपमा १८५ रन बनाएका थिए । सन् २०१४ र २०१६ मा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved