विपद् व्यवस्थापनका लागि रकम उपलब्ध गराउने

विपद् व्यवस्थापनका लागि रकम उपलब्ध गराउने

काठमाडौं । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले विपद् व्यवस्थापन कोषमा  २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै पुगेको धनजनको क्षतिपछि पीडितको उद्धार, राहतलगायतका कार्य गर्नका लागि प्रदेशका सबै नौ जिल्लालाई उक्त कोषबाट तत्काल  २५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णयसमेत गरिएको बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए । मन्त्री जोशीले भने “वर्षापछि उत्पन्न विपद्का बेला सबैलाई राहत, पुनः स्थापना र उद्धारमा परिचालित हुन आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved